जसपा तमुवान राष्ट्रिय समितिको भेला पोखरामा सम्पन्न
पाेखरा | भदौ २९, २०७९
पोखरा । जनता समाजवादी पार्टीनिकट तमुवान राष्ट्रिय समितिको बैठक पोखरामा सम्पन्न भएको छ ।
तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार ङोए तमु धिँ भवन लेखनाथ पोखरामा सम्पन्न भएको हो ।
सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश इन्चार्ज एवम पूर्वमन्त्री शिवलाल थापामगरले पार्टीको ऐतिहासिक छलाङले मधेश प्रदेश प्राप्ती गरेको बताउदै आन्दोलन र सत्तासङ्गै राष्ट्रिय राजनीतिमा उदाएको जनता समाजवादी पार्टीको विकल्प नभएको बताए ।
उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमन सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीको एजेण्डाप्रति केन्द्रीत भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे ।
यसैगरि केन्द्रीय राजनीति समिति सदस्य एवम् मगरात समन्वय इन्चार्ज निर्मल जिसीले आसन्न निर्वाचनबारे जनता समाजवादी पार्टी नेपालको चुनावी अभियानबारे रणनीति सुनाएका थिए । उनले समुन्नत समाजवादसहितको पार्टीको पहिचान प्राप्तिको अवधारणाबारे आफ्नो मतको सुनिश्चितता जनता समाजवादी पार्टी मै किन ? भन्ने विषयमासमेत आफ्नो धारणा राखेका थिए ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष विशम भुजेलले विद्यार्थी राजनीति र समाजवादी पार्टी नेपालको एजेण्डाबारे आफ्नो धारणा राखे ।
जसपाका केन्द्रीय सदस्य श्याममाया पुनमगरले राजनीतिमा महिला सहभागिता र समानुपातिक समावेशी प्रणालीबारे आफ्नो धारणा राखे ।
केन्द्रीय सदस्य एव गण्डकी प्रदेश सह–इन्चार्ज धनप्रसाद तामाङले आदिवासी सभ्यता आदिबासी जनजातिको नेपाली राष्ट्रिय राजनीति को ईतिहास बारे समिक्षा गर्न आवश्यक रहेको बताए ।
जसपाका नेता एवम् तमुवान इन्चार्ज रुद्र गुरुङले तमुवान प्राप्ती को पार्टीको अवधारणा , संघ प्रदेश र स्थानिय संरचनामा तमुवानको महत्वबारे आफ्नो मत राखेको थिए ।
तमुवान राष्ट्रिय समितिका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य उमा गुरुङको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तमुवान राष्ट्रिय समितिका मुुख्य सचिव चन्द्र तामाङ मुस्कानले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

